पी सि आर गराउने हो ४००० मा ? मान्छे जानु पर्दैन पैसा मात्र दिए हुन्छ

PCR test in nepal
मान्छे बिनाको पी सि आर रिपोर्टले नेपाल सरकारले कोरोना विरुद्ध को लडाईको खिल्ली उडाएको छ। यस्ता उल्लु हरुले गर्दा संक्रमण देशभरी फैलिएको छ। कसरि रोक्ने ? कसलाई रोक्ने?

तराई बाट काठमाडौँ आउनु पर्ने, मेरो दाजुले एक जना सवारी चालक लाई चिनेकोले उसलाई फोन गर्नुभयो।

दाई : अर्जुन दाई नमस्ते
सवारी चालक : नमस्ते दाई
दाई : सन्चै हुनुहुन्छ ?
सवारी चालक: हजुर भन्नुस् न।
दाई : अस्ति लक्डाउन मा हजुरको गाडीमा दिदि हरुलाई पठाएको, फेरी एकजना बहिनि र उसको बच्चा लाई पठाउनु पर्ने छ, कति पैसा लाग्छ ?
सवारी चालक: ए भै हाल्छनि हजुरको मान्छे भनेपछि २ जना को १०, ००० अनि पी सि आर गरेको ४००० लाग्छ।
दाई : पी सि आर गर्नुपर्छ र ? बच्चा बोकेर कसरि जानु पी सि आर गर्न गारो हुन्छत दाजु
सवारी चालक: ऐ चिन्ता नगर्नु, ४००० दिएपछि मान्छे जानु पर्दैन, हाम्रो सेटिंग हुन्छ भक्तपुर सम्म ४००० तिरेपछि पी सि आर रिपोर्ट, प्रसासनको पास सबै हामी गर्छौ ।
दाई : हुन्छ दाई म हजुरलाई खबर गर्छु
सवारी चालक: हुन्छ, गाडी पर्सि जादैछ। आज जसरि नि खबर गर्नुहोला

यसरि नेपालमा भिर खोपेर पनि निकाल्ने चलन छ। परिस्थिति जस्तो भए पनि नेपालमा मिलाउन मिल्छ। जे पनि मिल्छ जसरि पनि मिल्छ।

के अब यसरि कोरोना रोकिन्छ ?

Arthalaya

Arthalaya blog post are created by multiple author. This posts are not official news and this portal is simply a view point of our community.